Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मृगको आत्मा (कविता) - कृष्णकुमारी छेत्री

मृगको आत्मा (कविता) - कृष्णकुमारी छेत्री

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  रनवन डुली खाने म त वन्य ! प्राणी हूँ मनको तृषित व्यथाहरू पोखाई हिँड्ने प्राणी हुँ मेरा नयन साना साना मेरा रङ्ग रातो चञ्चलमा चञ्चली हुँ नत्र भने लाटो। जङ्गल मासी घर बनाए अब कहाँ जानु ? सबै खाना पेटी बन्द मैले के चै खानु ? जङ्गलतिर आलीशान छ म त आएँ गाउँमा एकलै परी आपतमा छु चियाबारी ठाउँमा। विवेकशील नै खेदो गर्छन कसको पर्नु भर गर्भवती मृगीनी हुँ लाग्यो मलाई डर ? सबैको नै उपरवाला ! रक्षा मेरो गर नयनमा अश्रू लुकाई परे दैव भर ।। - चुङथुङ, टिई दार्जिलिंग भारत । (- कृष्णकुमारी छेत्री यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:०५:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend