Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मुना (कविता) - शर्मिला श्रेष्ठ

मुना (कविता) - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

२६, श्रावण २०७६
images
 भुजङ्गप्रयात छन्द(ISS ISS ISS ISS) उजाडी छ माया कठै नि विचारी दिइछे जवानी रहेरै पियारी दिलैले नजानी अचम्मै अज्ञानी भरोसा गरेरै बनीछे सयानी । दिवानी थिई रे तिमीमै भुसुक्कै लुटेछौ पिपाषू बनेरै लुसुक्कै समाजै विरोधी उनैको पियासी धिकार्दै बनीछे सदाकै उदासी। बसेकी उसैको भुलेरै कसोरी दिएथ्यो रहेरै चखेवा जसोरी निष्ठूरी छुटायौ मुनाको सहारा भुलैले रुनेछौ बनेरै विचारा । - भैसेपाटी, ललितपुर, नेपाल हाल : परदेश (- शर्मिला श्रेष्ठको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:१३:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend