Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार सोम श्रेष्ठका ५ मुक्तकहरू

मुक्तककार सोम श्रेष्ठका ५ मुक्तकहरू

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  मुक्तक -१ सक्छौ त शत्रुलाई पनि यार बनाऊ यदि नभए लड्नलाई तयार बनाऊ कति गर्छौ खुराफाती नानाभाँती जात्रा खाल्डो खन, छैन भन्नेको प्यार बनाऊ । मुक्तक -२ बल्ल बुझ्दैछु रिति संसारको बल्ल बुझ्दैछु प्रीति संसारको देखाएर आश खुट्टा तान्ने कति कति र बल्ल बुझ्दैछु कुरीति संसारको । मुक्तक -३ दुश्मनले चाहे मन चाहे नजर घुमाओस् आँखा छोपी स्वर्गको शहर घुमाओस् मलाई त यो मन यो पन रमाइलो छ अनि चाहे उसले हिरा मोतीको प्रहर घुमाओस् । मुक्तक -४ लिलाम भएछ मेरो लाश लिलाम भएछ जिन्दगीभरको मेरो आश लिलाम भएछ गरियो कर्म धेरै यहाँ हुन्छ फलिफाप भनी हात लाग्यो र शुन्य साहास लिलाम भएछ । मुक्तक -५ यो मन छुन्छ अनि यो मुटु छुन्छ तिम्रो बचनले जीवन अनि संसार खुशी हुन्छ तिम्रो बचनले रसिलो हुने मन,रमाउने मन हेर्छु तस्विर बारम्बार घर अनि सहर एक्लै एक्लै बुन्छ तिम्रो बचनले । - तीनपाटन - २,सिन्धुली (मुक्तककार सोम श्रेष्ठका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:२३:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend