२६, श्रावण २०७६
बढ्दै गरेको जवानी, खतरा हुँदोरहेछ।
भए पछि मनोमानी, खतरा हुँदोरहेछ।
दिल जल्दा आँखा रुँदा, थाहा हुन्छ सबैलाई,
यहाँ आगोभन्दा पानी, खतरा हुँदोरहेछ।
मेरा साथीहरूको, संगतबाट बुझेँ मैले,
सबैको एक काहानी, खतरा हुँदोरहेछ ।
उनलाई खुशी दिँदा, म भिखारी भएको हुँ,
मायामा पनि लगानी, खतरा हुँदोरहेछ।
चोट पीडा आँसु दिने, खुशी हाँसो सबै लुट्ने,
क्षणिक मायाको खानी, खतरा हुँदोरहेछ ।
- नवलपरासी, नेपाल ।
(✍️ हरि कंडेल को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार -
०८:२६:११ बजे