Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भन्न सकिएन (कविता) -डिल्लीराज अर्याल

भन्न सकिएन (कविता) -डिल्लीराज अर्याल

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  यसो हेर्दा कताकता हाँसे जस्तो पनि कताकता पीर मानी रोए जस्तो पनि चिन्नै नसकिने साँच्चै रूप के हो लाग्यो कतै हाँसो कतै आँसु भए जस्तो लाग्यो अचम्मको मेरो देश यस्तै यस्तै लाग्छ रुन्छ, हाँस्छ गर्छ केके भन्न गाह्रै लाग्छ प्रभातको किरणमा हिमालमा हाँस्छ उज्यालोमा दिन खुल्दा देउरालीमा हाँस्छ लेक बेसी गर्दा सधै गुन्गुनाउँछ नाच्छ फूल बनी रङ्गीचङ्गी फूलबारीमा हाँस्छ हाँस्यो भनूँ बादलसित हुस्सूसित रुन्छ सिमसिम पानी पर्दा छिटासित रुन्छ खोला-खोल्सा भीर-पाखा लुकामारी खेल्छ चिप्लेकीरा हिँडाएर वरिपरि रुन्छ आधा हाँसो, आधा आँसु मन आधा-आधा मेरो देश खुशी छ कि सहँदै छ बाधा ? हेरी छक्क परेको छु जान्न सकिएन जाल हान्ने अनेक छन् जाल देखिएन त्यसैले त हेरेकै छु बोल्न सकिएन भविष्यको बारे यसै भन्न सकिएन भन्नलाई अलिकति हुनुपर्छ बाठो हुनलाई अलिकति लिनुपर्छ बाटो खोजिहेरेँ त्यस्तो कतै केही पाइएन भन्नैपर्ने देखेँ तर भन्न सकिएन । - पाल्पा, हाल : काठमाण्डौ गोम बिक्रम (बरिष्ठ साहित्यकार डिल्लीराज अर्याल को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:२८:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend