Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कसरी पार लगाऊँ खै एक्लै अब -लक्ष्मी अच्युत ढुङ्गाना (५ मुक्तकहरू)

कसरी पार लगाऊँ खै एक्लै अब -लक्ष्मी अच्युत ढुङ्गाना (५ मुक्तकहरू)

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  मुक्तक -१ कसैले ढाँटेर जलेको जिन्दगी याे सँधै अभावमा चलेको जिन्दगी याे कसरी पार लगाऊँ खै एक्लै अब ? धेरै अप्ठ्यारोमा फलेको जिन्दगी याे । मुक्तक -२ दुर्भाग्य अनेकौं तिखा कँडा सहेकी छु शिखर चढ़्ने रहर भएर के गर्नु र झन् तलतिर गएकी छु जिन्दगी उत्साह पनि एक पटक मात्र आउँदो रैछ अब ता म आफूदेखि नै अाजित भएकी छु। मुक्तक -३ मैले हाँसे तारा, जून लजाउँछन् कतै फूलहरू भमरालाई कजाउँछन् कतै मन्द-मन्द मुस्कानकाे लाली खुलेपछि चखेवाका जाेडीहरू सजाउँछन् कतै । मुक्तक -४ चुँदी रम्घा वरपर डुल्न मन लाग्छ रामायण, बधूशिक्षा पढ्न मन लाग्छ असारमा जत्राेसुकै भेलबाढी अाअाेस् भानु तिम्रै भावनामा बग्न मन लाग्छ । मुक्तक -५ झुम्मिएर फूलहरू मक्ख परी घेर्दा जून पनि लजाउँथ्याे मेराे मुख हेर्दा फूल, जून टाढा गए किन बस्थे अब ? कल्ले किन साथ दिन्थ्याे विरहले बेर्दा ! - झापा बाहुण्डागी हाल : धरान सुनसरी । गोम बिक्रम (लक्ष्मी अच्युत ढुङ्गानाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:४३:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend