Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - रेहित सैजु

गजल - रेहित सैजु

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  मनका स्वप्न मनभित्रै रहे अधुरा बनेर कैले पो खुसी दिन्छ होला पूरा बनेर मलाई कोही भएन साथ र हात दिने गल्ती त म आफैले गरेछु टुहुरा बनेर आफन्त नै ती दुश्मन बन्दो रहेछ यहाँ तीखो वचनले हान्ने गर्छन् छुरा बनेर यो जुनी यस्तै भो सजिन पाइन कतै अर्को जन्म लिनेछु म पोते चुरा बनेर हेर्न आउँछन् वाह गरी फर्केर जान्छन् गल्ती त तैले गरिस् रेहित टाकुरा बनेर - रामेछाप, नेपाल । ( रेहित सैजुको यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)    

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:४६:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend