Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेमको मलिलो छातीमा पनि गुलाब फुलेन अझै - शिव सस्मित (५ मुक्तकहरू)

प्रेमको मलिलो छातीमा पनि गुलाब फुलेन अझै - शिव सस्मित (५ मुक्तकहरू)

सतीश चापागाईं

२६, श्रावण २०७६
images
मुक्तक -१ धड्कन दिएर, मुटुको गति दिएर सुकाएर आँसु खुशीको नदी दिएर पीडामै भए पनि म बाँच्न चाहन्छु कसैलाई सुवासिलो जिन्दगी दिएर । मुक्तक -२ डाक्टर आए, वैद्य आए धामी आए केही त गर्छु भनेर नामी नामी आए यस्तो लाग्दैछ उस्तै रहेपछि समस्या देश बनाउँछु भनेर स्वयं बिरामी आए । मुक्तक -३ प्यास मेट्न बगर, को ढुङ्गो नदी कुरिरहन्छ, उता नदीकै छातीमा उस्तै ढुङ्गो खिइरहन्छ एकै चिजले नि फरक नियति भोग्नुपर्छ सान्नानी, त्यही ढुङ्गो न हो मन्दिरमा भक्तले पुजिरहन्छ । मुक्तक -४ स्वादको अभिलाषाले घरको पिठो आटो समातेन अल्छी तिघ्राले कहिल्यै खेतबारीको माटो समातेन फलत: अर्काको देशमा पसिना बगाउनु परेको छ र पनि जिन्दगीले नयाँ नौलो कुनै बाटो समातेन । मुक्तक -५ प्रश्न छरिरहें, उम्रिएर पनि जवाफ फुलेन अझै, आसै आसमा व्यर्थै गरिएछ लगाब फुलेन अझै । मेरो विवशतामा तिम्रो यही गुनासो रहिरह्यो सानू, "प्रेमको मलिलो छातीमा पनि गुलाब फुलेन अझै ।" म्याग्दी । (शिव सस्मितका यी मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:५३:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend