Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

छर्केर मलाई अबीर विदाई गर्नैपर्छ -क्षितिज भरत (५मुक्तकहरू)

छर्केर मलाई अबीर विदाई गर्नैपर्छ -क्षितिज भरत (५मुक्तकहरू)

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  मुक्तक -१ नहुनु है धैरै गम्भिर विदाई गर्नैपर्छ जस्तो भए नि आँखिर विदाई गर्नैपर्छ मुटुमा राखेर आँखामा सजाएर के गर्छौ छर्केर मलाई अबीर विदाई गर्नैपर्छ । मुक्तक -२ कोही गरिब कोही धनी चिन्ता नगर कोही छैन आफ्नो भनी चिन्ता नगर सुख-दु:खमा हात समाई पाईलाहरू चाल्ने तिम्रो लागि यो भरत छ नि चिन्ता नगर । मुक्तक -३ फटाहा हुन् कि सज्जन चिन्नै पर्नेहुन्छ पछि लाग्ने धेरै छन् चिन्नै पर्नेहुन्छ थोरै प्रगति गरेको देख्न सक्दैनन् मित्र हुन् या दुस्मन चिन्नै पर्नेहुन्छ । मुक्तक -४ बन्ने इच्छा मुना र मदन उस्तै त होला दुइटा मुटु एउटा धड्कन उस्तै त होला धेरै सपना नदेख प्रिया स्वार्थी दुनियाँमा डाहा गर्नेहरू धेरै छन् उस्तै त होला !! मुक्तक -५ सोचेको जस्तो नभई जीवन बदलियो भने जिन्दगीले तिमीलाई यस्तो निर्णय दियो भने अब भन तिमी अन्तिममा कसलाई चाहन्छौ उता तिम्रो परिवार यता क्षितिज उभियो भने । काठमाण्डौ । (-क्षितिज भरतका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०९:१८:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend