Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

निमुखाको भागमा ढिंडो, निस्तो भात देख्छु सधै - गोम बिक्रम (५ मुक्तकहरू)

निमुखाको भागमा ढिंडो, निस्तो भात देख्छु सधै - गोम बिक्रम (५ मुक्तकहरू)

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  मुक्तक- १ पहाडको बसाइ हजूर, काममै मरिमेट्नुपर्छ गरी खान नसक्ने त, भोकले पेट रेट्नुपर्छ कर्म गरे नै फल लाग्ला, फलले नै दु:ख भाग्ला हैन भने जीवनभरी, सायद आँशु भेट्नु पर्छ । मुक्तक- २ सम्पतिको भारी खेप्दै, बने कति कुप्राहरू तनावमात्रै साँच्छन् अझ, चुल्याएर थुप्राहरू वर्गीय भेद मेटिंदैन, समानता भेटिंदैन ! आनन्दले हाँस्छन् बरू, तारामण्डले झुप्राहरू । मुक्तक - ३ सत्यतामाथी सधैभरी, ठोकिने उस्तै लात भयो शक्तिको आड लिएपछि, निर्धामा पक्षपात भयो न्यायको दुहाई दिनु किन, पर्थेन अन्यायी निहुरिन ? निमुखा-सीधा जनतामाथी, सधै कुठाराघात भयो । मुक्तक -४ बाउबाजेले जुगैभरी, फटाहालाई पोस्नुपर्यो ? फटाहाले नि गरिबको, आहारा किन खोस्नुपर्यो ? अब सहेर बस्ने हैन, पुर्पूरोलाई दोस्ने हैन कति बस्ने हो अँधेरोमा, अब त राँको झोंस्नुपर्यो । मुक्तक -५ जति घटायो बढ्दै जाने, दु:खको खात देख्छु सधै दुनियाँ पाल्ने श्रमिकको, पुर्पुरामा हात देख्छु सधै भनौं भने गाउँको मुखिया, नभनौं त कुखुरा सकिया निमुखाको भागमा ढिंडो, निस्तो भात देख्छु सधै । ✍ गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७६ साउन २५

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०९:२३:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend