Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - प्रवासी काजी

गजल - प्रवासी काजी

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  कि पहिल्यैँ अयोग्य मान्छेलाई पद दिनु हुँदैनथ्यो । र पद बहालहरूले पनि त धरातल बिर्सिनु हुँदैनथ्यो। देश देश हो कुनै होटलको डिलक्स कोठा हैन । यत्ति बुझेर जो कोहीलाई साँचो सुम्पिनु हुँदैनथ्यो। बा राजापुरबाट नफर्कँदासम्म हामी नुन खान्थेनम । एक नाकाबन्दीमै सरकार यसरी आत्तिनु हुँदैनथ्यो। झुपडी भत्किनु गरिबहरूका लागि नौलो कुरै हैन। हिम्मत राख्नुपर्थो धैर्यको बाँध भत्किनु हुँदैनथ्यो। यहाँ पार्टी फुट्नु बजारमा दोकान थपिनु जस्तै हो। हाम्रा विचार फरक होलान् तर देश टुक्रिनु हुँदैनथ्यो। - भैरवी गाउँपालिका -१ दैलेख हाल : गुजरात भारत ।   (- प्रवासी काजीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०९:३२:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend