Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - अजिता दाहाल क्रान्ति

गजल - अजिता दाहाल क्रान्ति

सतीश चापागाईं

२६, श्रावण २०७६
images
थोरै मुस्काउन असीम रहर गुमाएको देखिन्न। खुसी देखिनकै लागि पीडा लुकाएको देखिन्न। सबै केवल सुख देख्छन् कोही देख्दैनन् वेदना, जसरी ग्रहण लाग्दा सूर्यले सुस्ताएको देखिन्न। फक्रिएको फूलमा पुग्छन् अनगिन्ति नजरहरू, तर कयौं फूल फुल्नै नपाई मुर्झाएको देखिन्न। मीठो धुन दिने खोक्रो मादल जस्तै छ जिन्दगी, अरुकै रोमाञ्चको लागि मुटु टुटाएको देखिन्न। आमा सम्झे पनि गोबर गनाउँछ शहर पसेपछि, त्यहीँ गनाउने हातले जीवन फुलाएको देखिन्न । - गंगाजमुना -६ धादिङ । (अजिता दाहाल क्रान्तिको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - २१:५२:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend