Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल -लोचन 'फूलको थुँगा'

गजल -लोचन 'फूलको थुँगा'

सतीश चापागाईं

२७, श्रावण २०७६
images
  छैन अचेल म नरोएको रात कुनै । मन थाम्न सकूँ पठाऊ सौगात कुनै ।। छटपटीमै कोल्टो फेर्दा भिजेछ सिरानी। आफै दोषी छु, छैन तिम्रो हात कुनै ।। आँशु पिउने रहर कसलाई पो हुन्छ र ? मुटुकै डिल बनि, देखायौ औकात कुनै ।। गरिब र धनीको प्रेममा आखिर के फरक, बिन्ती नदेखाऊ प्रिय मैले रूने प्रभात कुनै, जीवन्त रहन छ फूलको थुँगाको नाता । पक्कै नहोस् त्यहाँ फेरी पश्चाताप कुनै ।। - लम्की चुहा - १० कैलाली हाल : मुम्बई (लोचन 'फूलको थुँगा'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १२:४०:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend