Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युवाहरूलाई (कविता) - कृष्ण कुमारी छेत्री

युवाहरूलाई (कविता) - कृष्ण कुमारी छेत्री

सतीश चापागाईं

२७, श्रावण २०७६
images
भर्खर उदाएको भानू हौ तिमी अझ छिप्पिन बाँकी छ किरण छर्दै मध्यमा पूग्न लक्ष्य तिम्रो थाती छ। उदाउनू मात्र सबथोक होइन चन्द्रमा भेट्न बाँकी छ सदा सर्बदा प्रयासरत भई लक्ष्यमा पुग्न थाती छ। चन्द्रमाको हात समाती जुनेली तारालाई समेट्दै भौतिक जगतको सफल यात्री महान बनेर उठ्दै । सन्तको वाणी अट्पटे हुन्छ तिम्रो छट्पटे बानी छ हृदयआकाशको चम्किँदो रिमझिम उसको मार्मिक कहानी छ । कसलाई भन्छन् हजूर ! यहाँ हजुरलाई जान्न बाँकी छ हजूर बस्दछन भृकूटी महलमा हजुर सबैको माथी छ। जबसम्म जगतमा जीवन रहन्छ कोशिस सर्वदा जारी होस् केवल, तिमीलाई सृष्टि गर्ने ईश्वरको कृपा भारी होस ।। - चुङथुङ टिई दार्जिलिंग, भारत  (कृष्ण कुमारी छेत्रीको यो  कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १२:५१:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend