Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अपराधी को ? (लघुकथा) -लता के.सी.

अपराधी को ? (लघुकथा) -लता के.सी.

सतीश चापागाईं

२७, श्रावण २०७६
images
  खोला पारि गाउँमा के भयो , कुन्नि ? एकाबिहानै निकै ठूलो कोलाहल सुनेँ । मानिसको भीँड थियो । पुलिसको भ्यान पनि देखियो । ठूलै काण्ड मच्चिएछ भन्ने अनुमान लगाएँ । जिज्ञासा र कौतुलताले मेरो पाइला क्रमश: घटनास्थलतिर अग्रसर भयो । सबै " के भयो ?"" के भयो ? " भनेर एक अर्कालाई प्रश्न मात्र सोधेको सुनिन्थ्यो । वास्तविकता कसैलाई थाहा थिएन । घरभित्र कसैलाई पस्न दिइएको थिएन । घर पुलिसको कब्जामा थियो । पुलिसहरू भीँड नियन्त्रण गर्दै कराइरहेका थिए- "हामीलाई हाम्रो हिसाबले काम गर्न दिनु होस् ।" घरभित्रबाट एउटी महिलाको चित्कार सुनियो -" के दोष थियो ? मेरो अबोध छोरोको ? रिस भए, शत्रुता भए , मसँग भिड्न पर्ने ? मेरो १६ महिनाको शिशुको अपहरण भयो । राति सुतेको ठाउँबाटै छोरो चोरियो । " एक्कासी अावाज बन्द भयो । निमेषभरमै एम्बुलेन्स अायो महिलालाई बोकेर बेपत्तासँग हुइँकियो । एकैछिनमा पुलिसले शिशुलाई पानीको ट्याङ्कीबाट मृत अवस्थामा बाहिर निकालेर ल्यायो । सबै स्तब्ध, "बिचरा ! कठैबरा !!!" खानतलाश शुरु भयो । एउटी छिमेकी महिला समातिइन् । बिहे भएको धेरै भैसक्दा पनि उनी निसन्तान थिइन् । त्यसैको पीडामा पागल भाकी रे ! बच्चो चोरेर ट्याङ्कीमा लुकाउँदा मरेको अारोप लगाइयो । भीड कराउँदै थियो -`` वास्तविक अपराधीलाई छुट नदेऊ ।´´ - तीनकुने , काठमाडौं । (-लता के.सी.को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १२:५७:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend