Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - शर्मिला श्रेष्ठ

गजल - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

२७, श्रावण २०७६
images
गजल - शर्मिला श्रेष्ठ न पाए केही न गुमाए मैले जीवनमा मेरो भन्नु नै के थियो र कैले जीवनमा। पहिले नै तय थियो रे !! मेरो कार्यक्रम जे भन्छ उसले गर्नु थियो जैले जीवनमा । भोग नै त थियो, भोग्न त सजिलै भोगियो लौ के गम्नु र ! तय थियो पैले जीवनमा । पाप पूण्यको प्रतिफल पाइन्छ अवस्य धर्म अधर्मको नतिजा फैले जीवनमा । तिम्रै तय अनुसार पग सदैव मेराे प्रभु ! नसाेध के के गरिस् तैले जीवनमा । – ललितपुर,भैंसेपाटी हाल : परदेश । (शर्मिला श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १२:५९:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend