Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जाने बेला निष्ठुरीलाई सम्झिएर आँसु झरे -अमृत प्रणय (५ मुक्तकहरू)

जाने बेला निष्ठुरीलाई सम्झिएर आँसु झरे -अमृत प्रणय (५ मुक्तकहरू)

सतीश चापागाईं

२७, श्रावण २०७६
images
मुक्तक -१ माया गाँसौँ धुमधाम जोवन जानसक्छ लाग्ने छैन केही काम जोवन जानसक्छ बुढी हुन्छ्यौ पछि गई कसले नजर लाउला बन्नेछौ डाँडाको घाम जोवन जानसक्छ । मुक्तक -२ बल्ल तल्ल टिलपिले जिन्दगी चलाउँछन् मागेर सकेसम्म मिले जिन्दगी चलाउँछन् हो आजकालका मेरा साथी मेहनत गर्दैनन् यसो उसो मेरै सापटीले जिन्दगी चलाउँछन् । मुक्तक -३ पिउनु हुन्न गर्मी मास ठिक्क पिउनुपर्छ तत्व छैन शराबमा खास ठिक्क पिउनुपर्छ यही कुरा डाक्टर साब सम्झाइरहनु हुन्छ सुत्ने बेला एक गिलास ठिक्क पिउनुपर्छ मुक्तक -४ श्रीमतीलाई घरबाट हटाउन मन लाग्छ चुल्ठो समाई नौँ डाँडो कटाउन मन लाग्छ के के हुन्छ आजकाल यो बृद्ध अवस्थामा राम्रा राम्रा तरुनी पटाउन मन लाग्छ । मुक्तक -५ हिँडी आफै पराई बनी रोक्न सकिनँ मनमा ला'को गरोस् पनि रोक्न सकिनँ जाने बेला निष्ठुरीलाई सम्झिएर आँसु झरे आफ्नो ख्याल राख्नू भनी रोक्न सकिनँ । ढिकुरा, अर्घाखाँची हाल : कपिलवस्तु बांणगंगा । (अमृत प्रणयका यी मुक्तकहरु  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १३:१३:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend