Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पछुतो (गजल) -मुना धनन्जय

पछुतो (गजल) -मुना धनन्जय

सतीश चापागाईं

२८, श्रावण २०७६
images
  पढ्ने बेला अल्छी गरेँ दिनु कस्लाई दोष बाबा दुःख पाएँ आज बल्ल खुल्यो मेरो होस बाबा अर्ति दिन्थे आफ्ना जसै लाग्थ्यो मलाई गाली सरी उनै माथि पोख्ने गर्थेँ आफ्ना सबै रोष बाबा साथी संगै घुमफिर गर्दै अन्तै ध्यान दिएकाले गर्न केही सकिएन जिन्दगीमा ठोस बाबा सबले छाडे साथ पनि लागे बाटो आफ्नो आफ्नो अलपत्र छु आज यहाँ हिँड्नै कोसौँ कोस बाबा गर्ने बेला टले सबै उमेर बित्यो ख्याल ख्यालैमा पछुतो भो मात्र आज न जाँगर न जोस बाबा।। गैडाकोट, नवलपरासी

images
प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - १३:३९:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend