Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आमाको महिमा (५ स्रष्टाका ५ मुक्तक)

आमाको महिमा (५ स्रष्टाका ५ मुक्तक)

सतीश चापागाईं

३१, श्रावण २०७६
images
मुक्तक -१ ताते ताते हिँडाउन, समाई दिने अामा । माया रुपी सधैंभरि, दवाई दिने अामा । ललाइ फकाइ सन्तानलाई, खुवाएर, पेटमा पटुका कसेर अघाई दिने अामा। - साहित्य-प्रेमी सूर्य,पाेखरा हाल : चाैतारा सि.पा. मुक्तक -२ तिम्रै छेउमा सध‌ै सँगै हुन मन छ आमा सुकोमल ती हत्केला छुन मन छ आमा एक्लै छु बिरामी छु ज्वरोले सताउँदा त तिम्रो त्यो काखमा रून मन छ आमा । - देवकोटा सविता समदृष्टि काठमाण्डौं । मुक्तक -३ दु:ख-सुखमा ओत लाग्ने घर बन्नुछ आमाको निम्ति बरु बन्न परे नि दुनियाँ सामु पत्थर बन्नुछ आमाको निम्ति दश धारा दूधको भारा त तिर्न सक्दिन होला सायद सहारा बन्नुछ जिउने एउटा भर बन्नुछ आमाको निम्ति । - नेत्र बिक्रम तोलाङ्गी रामपुर, ओखलढुंगा । मुक्तक -४ नौं महिना कोखमा राखी जन्माउने आमा हुन् हेर्नुस् दिन-रात नभनी पसिना बगाउने आमा हुन् आफ्नो सन्तानको उज्ज्वल भविष्यको निम्ति आफू मरेर पनि सन्तानलाई बचाउने आमा हुन् । - जीवराज शाही बाजुरा हाल : परदेश मुक्तक -५ सन्तति अघि बढाउने, सपना मीठा बुन्छिन् अामा धैर्यता राखी धर्तीसरी, आँशुले पीडा धुन्छिन् आमा जस्तै संकट परे पनि, तार्छिन आफू मरे पनि सन्तानको दु:ख हेरि हेरि, सुखी कहाँ हुन्छिन् आमा ? ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ साउन २६ (-५ स्रष्टाका ६ मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ११:३२:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend