Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - प्रवासी काजी

गजल - प्रवासी काजी

सतीश चापागाईं

३१, श्रावण २०७६
images
खर्च गर्नलाई पनि त पहिला बचत हुनुपर्छ । गरिबले माला लगाउन पनि दिवंगत हुनुपर्छ। फेरिए पुग्छ सत्तामा पुगेकाहरूको जीवनस्तर । ता कि कसैले नभनोस् समाज समुन्नत हुनुपर्छ । मलाई सुलीमा चढाइयोस् हाँसेरै मर्न तयार छु । बिन्ती सरकार सन्तानको भने हिफाजत हुनुपर्छ । आफनै गतिमा चलिरहन्छ रोकिने नामै लिँदैन । समयलाई पनि मञ्जिल भेटाउने आपत हुनुपर्छ । मबाट छुट्टिए कि तिमी नराम्रो कहिल्यै सोचिन। मेरो झैं तिम्रो पनि सधैं खराब हालत हुनुपर्छ । - भैरवी गाउँपालिका -१ दैलेख हाल : गुजरात भारत । ( - प्रवासी काजीको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - १२:११:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend