३१, श्रावण २०७६
जीवन हाम्रो के हो ? न आगो हो न पानी हो
हाड-मासुको शरिर, आखिर बन्ने खरानी हो ।
कोही फुलेर झर्छन, कोही कोपिला मै झर्छन्
औइलिएर नै जाने, यो एकदिन जवानी हो ।
चाहन्छन् सबै हुन सफल, असफल को हुने
जिन्दगी सफल असफल, दुबैको कहानी हो ।
हृदय दुखाउनुलाई तिमी, भुल भयो नभन
भुल अन्जानमा, गल्ती गरेको जानाजानी हो ।
इच्छा सबैको हुन्छ बैग्ले, हुन्छ चाहना फरक
चाहना पूरा गर्न स्वार्थी बन्नु चाही, मनोमानी हो ।
- चितवन पर्सा खैरहनी
हाल: यु.ए.ई. अबुधाबी ।
( - संजयको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार -
१२:१७:०० बजे