Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

व्यञ्जन नहोला चुलोमा सिस्नुगाभा गलेकै छ - प्रकाश पाठक "योगी" (५ मुक्तकहरू)

व्यञ्जन नहोला चुलोमा सिस्नुगाभा गलेकै छ - प्रकाश पाठक "योगी" (५ मुक्तकहरू)

सतीश चापागाईं

३१, श्रावण २०७६
images
मुक्तक - १ न त सुख शान्ति, न हाँसो खुशी, न काल आइदिन्छ निरन्तर चलिरहेको चालमा अनौठो चाल आइदिन्छ दैवलाई दया जागेर होला,गरिबको माया लागेर होला सान्त्वना स्वरुप माथिबाट एक्कासी त्रिपाल आइदिन्छ । मुक्तक - २ हावाहुरी जेनतेन छेक्छ त्रिपालमुनी जीवन चलेकै छ दुखम् सुखम् मुस्कुराउँदै सम साँझमा दियो बलेकै छ दशैँ आउँदा तिहार आउँदा के छ भनी सोध्छौ तिमी अनेकौं व्यञ्जन नहोला चुलोमा सिस्नुगाभा गलेकै छ । मुक्तक - ३ दिल अनि दिमागको मेल हुँदैन र द्वन्द्व हुँदैन तिम्रो याद आउने क्रम किन खै बन्द हुँदैन बिर्सिदिनु मलाई भनी सन्देश पठाइन् उनीले आऊ बिष पिलाऊ नत्र मुटुको चाल मन्द हुँदैन ।। मुक्तक - ४ फक्रिँदा -फक्रिँदै डालीबाटै झर्न नपरोस् वियोगको पीडाले दु:खी मन गर्न नपरोस् बरु झुटो कसम खाइदैन पिरती लाइदैन पछि धोका पाएर यहाँ पलपल मर्न नपरोस् ।। मुक्तक -५ परी हौ कि अप्सरा कहाँबाट झर्यौँ यो मनको कुनामा हलचल नै गर्यौँ वर्णन गरूँ कसरी तिम्रो रुपको मैले धरोधर्म रामाराम मलाई मन पर्यौँ ।। भरतपुर -२३ जगतपुर चितवन नेपाल हाल : दोहा कतार (- प्रकाश पाठक "योगी"का यी मुक्तकहरू  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - १२:३२:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend