Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खेम भण्डारीलाई ज्वाला संग्रौलाका प्रश्न -किन रबिको बिरुद्ध लाग्नुहुन्छ ?

खेम भण्डारीलाई ज्वाला संग्रौलाका प्रश्न -किन रबिको बिरुद्ध लाग्नुहुन्छ ?

सतीश चापागाईं

३२, श्रावण २०७६
images
पत्रकार खेम भण्डारी सर, मिनेट मिनेटमा पोस्ट भैरहेका तपाईका फेशबुक स्टाटस, तपाईले गर्नु भएका घिन लाग्दा हर्कत र उदण्ड क्रियाकलापहरुलाई हेर्दा लाग्छ तपाईं सामाजिक प्राणी हुँदै होईन ! एउटा कुरा आश्चार्य लाग्छ कि तपाईं तपाईको त्यो समाजमा कसरी अटाउनु भएको छ?त्यो समाजको मानिसले तपाईलाई कसरी अटाउन सकेका छन ? कि तपाईं बस्ने समाजको तपाईं राजा हो अरु सबै रैती जहाँ तपाईको मात्र आदेश लादिन्छ ? 24 News मा रबि लामिछाने सँगको अन्तरबार्ता हेर्दा यस्तो लाग्यो कि तपाईमा एउटा पत्रकारमा हुनु पर्ने कुनै पनि गुण देखिएन ! तपाईको दलाली रबाफ र बोल्ने शैलीमा देखिएको तपाईंको फोकटिया दम्भ देख्दा लाग्छ तपाई कुनै समयको एउटा हत्या र हिँसाको पाठशालाबाट हुर्किएको अपराधीको सरदार हो! तपाईले आफुलाई जबर्जस्ती सत्य देखाउन खोजेको असफल र रुखो प्रयासले अन्त्यमा कुनै पनि निश्कर्स दिएको पाईएन ! तपाईले पत्रकारीता कहिले देखि गर्नु भयो त्यो त थाहा भएन तर साँच्चै तपाईको पत्रकारिताले अन्य होनाहार पत्रकार लाई भने ओझेलमा पार्ने र बदनाम गराउने सङकेत स्पस्ट देखिन्छ किनकी पत्रकार भनेको आम नागरिकको बुझाईमा समाजको ऐना हो जस्ले समाजलाई जस्ताको तस्तै प्रतिबिम्बित गर्छ। तर यहाँ त तपाईले पत्रकारिताको धर्म भुलेर कसैको लागि वकिल/न्याधिस भएर वकालत गर्दै हुनुहुन्छ | तपाईले काखी च्यापेर वकालत गर्दै गरेको त्यो स्याल तपाईको रिस्तेदार दोषी हो होईन त्यो भन्ने अधिकार न मलाई छ, न तपाईलाई नै छ।त्यो त अनुसन्धान पछि कानुनले बोल्ने कुरा हो।समाजमा अन्यायमा परेकाहरु प्रति अलिकति दया छ भने पत्रकारिताको धर्मलाई शिरोधार्य गरेर बोल्नुहोस ताकी तपाईको बोलीले अन्यायमा परेकाले न्याय पाओस् र अपराधिले सजय पाओस। तर तपाईको बोलीमा न कुनै गहनता छ, न कुनै गम्भिरता नै छ।निर्मलाको न्यायको बाटोमा तगारो बनेर दुनिया जनता उचाल्ने र भिडलाई उत्तेजित बनाउँने तपाईको असली चेहरा सीधा कुराको स्टुडियोमा आधी नाँगिएको थियो, पछि कन्चनपुर फर्किए पछि त पुरै नाँगियो। तपाईले स्टुडियो फ़ेस गर्ने दिन भ्रस्टाचार र अनियमितता बिरुद आवाज उठाईरहेका पत्रकार शालिकराम पुडाशैनिको चितवनमा अप्रिय घटना खटेको थियो। रबि लामिछानेले तपाईलाई “आजको कार्यक्रमलाई बिहिबार सारौ न सर सँगै काम गर्ने पत्रकार भाइको निधन भयो म चितवन जानुपर्यो “भनेर अनुरोध गर्दा पनि तपाईंले आफू ब्यस्त भएको ज़िक्र गरेर कार्यक्रम सार्न मान्नु भएन | अगर तपाईमा अलिकति पनि मानवीय संबेदना थियो भने “हुन्छ त रबि जी ल सँगै जाऔं चितवन , कार्यक्रम ठूलो कुरा हैन, यहाँ आफूजस्तै अर्को पत्रकारको जीवनको दियो निभेको छ “ भनि चितवन गएको भए तीन करोड नेपालीले तपाईलाई सलाम गर्ने थिए र भन्ने थिए कि, वाह! खेम भण्डारी साँच्चिकै महान् रहेछन् ! तर तपाईले त आफ्नो समय छैन भनेर अडान कस्नु भो र भोलिपल्ट त बिभिन्न मिडियाहरुमा निधार टल्काएर अन्तर्वार्ता दिन दैडधुपै गर्नु भो। जब तपाई कन्चनपुर पुग्नु भो, तपाई पक्राऊ परेको भिडियो बाहिरियो तर त्यो २ बर्ष अगाडि तपाईलाई पुलिसले लतारेको भिडीयो थियो । तपाईले आफू घरमा आराम गरि रहेको र त्यो भिडियो पुरानै हो भन्दै धमाधम स्पस्टिकरण दिन थाल्नु भो! तपाई यति फुर्सदको काग हुनुहुदो रहेछ तर त्यत्रो ठूलो मानबीय क्षति भएको दुखद घडीमा समेत रबि लामिछानेसँग बिजी छु भनेर झुट बोल्नु भो ! त्यतिमात्र हैन कसैको sponsorship मा ट्रोजन हर्स भएर काठमाण्डू पुगेको तपाईले रबि लामिछानेलाई २०० थपेर दिँए भन्दै घटिया स्तरका स्टाटसमा आफ्नो इगो र डिप्रेशन उतार्न लाग्नु भो! वाह! क्या गजबको पत्रकारिता !! बलात्कार गरेर निर्ममतापूर्बक मारिएकी निर्मला पन्तको आँसुको सौदागर खेम भण्डारी महासय सर, listen to me, “Who killed Nirmala” nobody knows, but “you killed the justice”, that everyone knows!! (यो विचार ज्वाला संग्रौलाको फेसबुक पेजबाट लिईएको हो । सम्पादक) 

images
प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - २१:१९:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend