Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कानून अन्धो नहोस : रवि निर्दोष सावित होऊन् -सरगम

कानून अन्धो नहोस : रवि निर्दोष सावित होऊन् -सरगम

सतीश चापागाईं

२, भाद्र २०७६
images
सर्वप्रथम बिधिशास्त्रीय सिद्धान्ततर्फ जाऔँ: रवि लामिछाने अहिले एउटा आरोपित ब्यक्ति हुन्। उनलाई लागेको आरोप गम्भिर छ। तर आरोप लागेको ब्यक्तिको बारेमा अनुसन्धान नै नगर्ने हो भने न्याँय अन्याँय थाहा हुन्न। आरोप लागेपछि उ सोह्रै आना दोषी र सोह्रै आना निर्दोष छ भन्नुभन्दा त्यसलाई मिहिन रुपले केलाउनु पर्छ। त्यो काम कानूनको हो। उनलाई लागेको आरोपको समर्थन बिरोधले दोषी उम्कन हुदैन। रवि लामिछानेको एग्रेसिभ पत्रकारिताको म पनि कडा समर्थक हूँ, उनले भ्रष्ट र भ्रष्टाचारीको जग हल्लाईदिएका छन्, सयौँको पिडामा मलहम लगाईदिएका छन् तर यसो भन्दैमा उनी कानून भन्दा माथि हुन सक्दैनन्। कानून र न्याँय प्रणालीलाई जति पनि आलोचना गर्न पाईन्छ तर कानून नै मान्दिन, न्याँय प्रणाली नै मान्दिन भन्ने हो भने निर्णय कसरी गर्ने? सामाजिक संजाल जता बहकिएको छ त्यसै अनुसार गर्ने? मान्छेबाट जानेर नजानेर गल्ती हुन्छन्, मर्नेले आरोप लगाउँदैमा गल्ती नगरेको मान्छे फँस्दैन। सम्पूर्ण न्याँय प्रणाली मै धावा बोल्ने हो भने त्यो त झन् स्वेच्छाचारिता हुन्छ, आज उत्तेजनामा ठिक लाग्ला तर भोलि आफ्नै छातीमा शूल बनेर गोब्छ। हामीमा देखिएको कमजोरी यहि हो। पूर्व राजा देखि, नेता, कर्मचारी,पत्रकार, समाजसेवी लगायतलाई आफ्नो दृष्टि अनुसार देवत्वकरण गर्छौँ, एकाएक धारणा बदल्छौँ र आफूलाई सर्वमान्य मान्छौँ। लोकतन्त्रमा दुई चार जना नेताले गल्ती गर्दैमा सारा ब्यवस्थालाई सराप्नु, बरु राजा ठिक थिए भन्नु, त्यसैगरी रविले गल्ती गरेकै हो भन्नु र रविले कुनै गल्ती गर्न सक्दैनन् भन्नु सबै अतिवादी चिन्तनहरु हुन्। देशमा राम्रो गर्न खोज्नेहरुलाई निरन्तर निस्तेज पार्ने देखि लिएर ब्यवस्था र अवस्थाको दोष देखाएर आफ्नो रजगज कायम गर्न खोज्नेहरु सलबलाउने यस्तै बेला हो। सबैलाई शंकाको सुबिधा दिएर मौजूदा न्याँय प्रणालीलाई खबरदारी गर्नुसम्म ठिकै हो तर मूद्दाका सार कुराहरु बिर्सेर स्याल हुईयाको भरमा सचेत ब्यक्तिहरु लाग्नु हुदैन। तर पनि के कुरा सत्य हो भने हाम्रा शासकहरुले प्रहरी र न्याँयालयमा गर्ने भागवण्डाको खेलको कारणले भएका बिभिन्न अन्याँयपूर्ण निर्णयहरु र जनचासोको बिषयलाई सिमित मान्छेको स्वार्थपूर्ति गर्न प्रयोग गरिएकोले जनतामा मौजूदा न्याँयप्रति नै यस्तो बितृष्णा फैलिएको छ। यसको बिकल्प पनि हामीभित्रै छ। तर यसको बिकल्प उत्तेजना होईन, सचेत हुने बेला आएको छ। आग्रह पूर्वाग्रहमा रचिएका सारा नाटकहरुको पर्दाफ़ाश गरेर न्याँयले जित्नुपर्छ भन्दै ज़िम्मेवार नागरिकको भूमिका खेल्नुपर्छ। रवि लामिछाने धेरैको आस्था हुन्, मेरो पनि आस्था हुन्, उनी निर्दोष या दोषी भएको घोषणा समर्थक या बिरोधले हैन, हाम्रै कानूनले गर्ने हो। कानून अन्धो नहोस् ! रवि निर्दोष सावित होऊन् ! बस् ! फेसबुकबाट

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०७:३१:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend