सत्ता, शक्ति र स्वार्थको मोहमा निर्लज्ज डुबेका राजनीतिक दल, नेता अनि कार्यकर्ताहरुको बिरुद्द, पद, प्रतिष्ठा र पैसाको लागि निकृष्ट कार्य गर्ने प्रहरी, कर्मचारी, पत्रकार लगाएत राज्य संचालनमा संलग्न पथभ्रष्ट ब्यक्ति र निकायहरुको बिरुद्द, फौजदारी अभियोग, देबयानि संहिता र प्राकृतिक न्यायको अन्तराष्ट्रिय सिद्दान्त, मुल्य र मान्यताबाट बिचलित हुन लागेको न्यायालयको बिरुद्द स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानब अधिकार र नागरिक हकको पक्षमा संचार कर्मको माध्यमबाट आवाज उठाउने सचेत र निर्भिक प्रतिनिधि पात्र हुन रबि अनि शालिकराम l
सहिलाई सहि र गलतलाई गलत देख्न सक्ने चेत थियो शालिकमा अनि त्यसलाई छाति खोलेर भन्न सक्ने साहस छ रबिमा l एक छिन सोचौं त 'सीधा कुरा जनतासँग' कार्यक्रम किन लोकप्रिय भयो? रबि किन लोकप्रिय भए? किन उनको पक्षमा लाखौं मान्छे उत्रन तयार भए?
l मेरो बुझाइ यो हो कि देशका जिम्मेवार ब्यक्ति र निकायहरु कर्तब्यच्युत हुँदा जनताको समस्या सुनाउने साझा चौतारी बन्यो उनको कार्यक्रम जसबाट राज्यको चेत खुलोस भन्ने हेतु हो र उनि त्यसको सेतु बन्दै थिए l सबैलाई थाहा छ रबि न त भगवान् हुन न त राज्य नै l न त उनी समस्या समाधानको साध्य हुन न त साधन l म पनि अरु जस्तै उनको सत्कार्यको एक सचेत समर्थक हुँ र यति चाहिं खुलेर भन्न सक्छु कि उनी समस्या पहिल्याउने र उजागर गर्ने साधक हुन अनि शालिकराम उनका सारथि।बेथिति र बिसंगतिको अन्धकारमा रुमलिएको नेपाली समाजमा समस्या समाधानको उपाय खोज्ने दीयो हुन रबि अनि तेल थिए शालिकराम ।
तर दुर्भाग्य ! शालिकरामको हत्या वा आत्महत्याको रुपमा दीयो र तेललाई अलग गरिएको छl अनेकले अनेक कोणबाट यो घटनाको ब्याख्या र बिश्लेषण गरेको अबस्थामा मलाई शंका छ जो जसका कुकर्महरुको बिरुद्द हिजो यिनले धावा बोले उनीहरुकै षड्यन्त्रको एक तीरले दुई शिकार गर्न पो खोजिएको हो कि?
[caption id="attachment_11280" align="aligncenter" width="816"]

लेखक: राजन ठकुरी[/caption]
मलाई शंका लाग्छ कि अनुसन्धानको सुरुवात जे को आधारमा जो द्वारा जहाँबाट जसरी गरिंदै छ त्यसमै गडबडि पो छ कि? भीडले फैसला त गर्दैन तर न्यायको लागि नैतिक दबाब पैदा गर्छ्।किनकि मेरो भोगाइ र बुझाइमा-प्रहरीले घटनाको अनुसन्धान सहि ढंगले गर्छ तर सबै घटनामा होइन, वकिलले अभियोगको अभियोजन राम्ररी गर्छ तर सबैमा होइन अनि अदालतले निस्पक्ष र सहि फैसला गर्छ तर सबै मुद्दामा होइनl
मलाई आशा र बिश्वास छ - मेरो देशमा सत्य हारेको छैन, मुर्छा परे पनि न्याय अझै मरेको छैन।त्यसैले दोषी कानुनको कठघरामा उभिनेछ अनि न्याय पाउनेछन रबि, शालिकरामले अनि निर्मलाहरुले। जय देश् ।
(राजन ठकुरी गायक तथा संगीतकार हुन् । केहि बर्षदेखि अमेरिकामा बसोबास गर्दैछन । यो विचार उनको फेसबुकबाट लिईएको हो । -सम्पादक)