Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल - मानुषी रेग्मी

गजल - मानुषी रेग्मी

सतीश चापागाईं

२, भाद्र २०७६
images
  हेरे समानताले तिनै असल बुहारी हुन्छन् तर नारीको जरो खन्ने नै स्वयं नारी हुन्छन् अक्सर मेरा यादहरूमा आउनै हुन्न तिमी यी सपनाहरू कैले वारी कैले पारी हुन्छन् जसले सजिलै मान्छन् बाआमाले भनेको मलाई लाग्छ तिनै सन्तान सत्कारी हुन्छन् रक्षार्थमा खटिएका नारीवादी धेरै भेटें नारित्वलाई लुटिखाने कति ब्रम्हचारी हुन्छन् मेहेनत गरे सुन फल्ने जमीन छ आफ्नै साथमा किन यी मान्छेहरू यसरी बेरोजगारी हुन्छन् ? – घोराही उप-महानगरपालिका -५, दाङ । गोम बिक्रम ( मानुषी रेग्मीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ११:३५:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend