Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - दलु बुढा निश्चल

गजल - दलु बुढा निश्चल

सतीश चापागाईं

२, भाद्र २०७६
images
  गन्तव्यमा पुगेपछि गुन भुल्छ मान्छे हातमा टर्च भएपछि जून भुल्छ मान्छे । जतिखेर विदेशी कुसंस्कारमा रमाउँछ ऊ, बाँसुरी अनि सारङ्गीको धुन भुल्छ मान्छे । पराईको त के कुरा गर्नु आफन्तैले पनि, स्वार्थ पुगे घरको नाता खुन भुल्छ मान्छे । फस्दै जाँदा जब ऊ प्रणयको दुनियाँमा , हिरामोती धनसम्पति सुन भुल्छ मान्छे । - खत्याड - २ सेरि मुगु ।  (दलु बुढा निश्चलको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ११:३८:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend