Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मातृ भाषा (कविता) (सन्दर्भ : भाषा दिवस बिशेष) -अर्जुन शर्मा निरौला

मातृ भाषा (कविता) (सन्दर्भ : भाषा दिवस बिशेष) -अर्जुन शर्मा निरौला

सतीश चापागाईं

२, भाद्र २०७६
images
  औ ! ब्र हेल्लो! नेपाली ल्याङग्वेजले इन्डियन इन्स्टिच्युसनमा रेकोनिजेसन पाएको स्पेसल डे । लेट्स गो फर प्रोग्राम । ओ के, ब्र जस्ट वेट आइ ववील रेडी विइदविन अ मिन्ट । हाम्रो अंकल आन्टीहरूले एजिटेसन गरेर गेन गरेको हौ ब्र। इट इज नट अ मेटर अफ जोक । ** भन्दा हुन् नयाँ पुस्ताका सभ्य हाम्रा युवापिड़ीहरू । गधालाई धोएर गाई हुँदैन अकबरे सुन कहिले कुहिँदैन । मान्यता पाएर के भो ? कागलाई बेल पाकेर तितो न टर्रो । बर्षमा एकदिन भाषा मान्यता दिवस भानु-जयन्ती र भाषा मान्यता दिवस, उस्ता उस्तै । अस्ति पँधेरोमा मख्ख पर्दै थिइन् साइली उनको छोराले त नेपाली जान्दैन अरे । हरे ! आलु र अण्डा नचिन्ने हामी लाटो देशमा गाँड़ो तन्नेरी । मातृ भाषा भनेको जननी हुन् हामी सानीआमा रोज्नेहरू । कहाँ जान्छस् हरामी, बिलाउनेको देशमा दन्ते कथा हुनेछौं हामी, साल बिसालमा । ढाका टोपी ढल्काएर टाई कसेर घोक्रो फुटिन्जेल कराउने दिन आज । "भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जीत बैभव भाषामै...." लेखे'थे एक सर्जकले उहिल्यै नै । यसर्थ चिन्नेलाई श्रीखण्ड नत्र त खुर्पाको बिँड भने झैं नहोस् मातृ भाषा हाम्रो । समाप्त - गीतखोला, दार्जिलिङ्ग भारत । (अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - १६:००:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend