Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बढे कुकर्मी जननी रुवाउने (गज़ल) -कोमल भट्ट

बढे कुकर्मी जननी रुवाउने (गज़ल) -कोमल भट्ट

सतीश चापागाईं

३, भाद्र २०७६
images
(वंशस्थ छन्द) टुट्यो भरोसा सुख शान्ति पाउने न आश भो स्वच्छ उषा उदाउने । सदाशयी भाव फुलेन देशमा बनेन बाटो सबले रुचाउने । भएन नेतृत्व पवित्र,निश्छल छ होडबाजी स्वजनै बनाउने । नृशंसता व्याप्त भयो जताततै बढे कुकर्मी जननी रुवाउने । न देख्छु सन्तुष्ट समग्र जीवन न ता छहारी छ व्यथा बिसाउने । शहीदका स्वप्न वृथा भए सब भयो प्रजातन्त्र नियाँ ढलाउने । गरिन्छ निन्दा गतिला विचारको भएन केही जगले सह्राउने । बगे छताछुल्ल हुँदै प्रकल्पना पुगेन धोको सपना सजाउने । निसासिए "कोमल" भावना अब अनन्त पीडा कसरी लुकाउने । - च.न.पा -१३ पुरानो नैकाप, काठमाडौँ हाल: न्युयोर्क, अमेरिका । (-कोमल भट्टको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १०:१३:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend