Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अर्तिका कुरा (कविता) - शंकर ढकाल

अर्तिका कुरा (कविता) - शंकर ढकाल

सतीश चापागाईं

३, भाद्र २०७६
images
हाम्राे हुन्छ स्वभाव त्याग श्रमकाे मृद्-देखि मूल्याङ्कन पानीकाे शुचिपात्र एकक्षणमा हेरेर चिन्छाैँ रङ । बिर्सी लक्ष्य द्विहस्त पाउ दिलमा राख्दै नराखाैँ खिल अाफ्नाे मार्ग भुलेर बैँसतिर नै काैवा बन्याे काेकिल । मेराे मात्र छ रत्न तागत भने त्याे साँच्चिकै मूर्ख हाे अाफैकाे अनुहार हेर्न सकिने ऐना भए मात्र हाे । अाफूमा धनकाे घमण्ड छ भने सद्जिन्दगी सिद्धियाे लङ्काराज कुबेरकाे दश सयाैँ भण्डार नै रित्तियाे । अाफैकाे कमजाेर पक्ष छ भने राखाैँ लुकाई पर मेराे इज्जत छैन दाग छ भनी त्याे चन्द्रमा भन्छ र । अाफू साहु बनी गरीब जनकाे अागाे नतापाैँ छली राजा रावणसम्म मासिन गयाे सत्ता र माथा ढली । दोषी मूर्ख सधैं विशुद्धि गुरुको बम्किन्छ अर्ती सुनी जुत्ताकाे जति मूल्य हाेस् लतपती घस्रिन्छ गाेडामुनि । सानामै प्रतिभा विशिष्ट छ भने बन्छन् मनीषीपछि डाँडाबाट उदाउँदा विजनमा देखिन्छ राम्राे शशी । जाे टिप्छन् रविचन्द्र नीति नमिची पक्रिन्छ त्याे दाेषले नुग्छन् बाेट जता उतैतिर बढी हानिन्छ पाषाणले । राखे कल्मषभाव क्राेध मनमा बिग्रन्छ अाफ्नै मति अागाेले जति ठाउँ भेट्छ त्यसकाे गर्नेछ पूरा क्षति । ध अाफ्नाे स्थान सदा बनेर चतुराे जानेछ धेरै अघि दाैडेरै कछुवा पुग्याे समयमै अल्झ्याे खरायाेपछि । पुत्रीपुत्र समान हुन् र त भयाे संसारकाे सिर्जना खाना पाक्छ कहाँ पकाउनु परे पानी र अागाेबिना । बाँङ्गाे साेझिन सक्छ ज्ञान गुरुकाे पायाे भने अक्सर वाग्मी नारदसूक्तिले ऋषि बने वाल्मीकि रत्नाकर । - तानसेन न. पा. - ७ काजीपाैवा, पाल्पा । हाल : महाराष्ट्र भारत । (कवि शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - ११:३०:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend