Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

न्याय मरेको मेरो देश -मिन दर्लामी

न्याय मरेको मेरो देश -मिन दर्लामी

सतीश चापागाईं

३, भाद्र २०७६
images
१- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश... कसुरलाई नदेखाई सुटुक्क लुकाएको मेरो देश बेकसुरलाई बिना प्रमाण फसाएको मेरो देश । २- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश... साँचो सबुदलाई मिलीजुली मेटाएको मेरो देश मारेर झुण्डाई घाँटी भाँच्चेको भेटाएको मेरो देश । ३- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश... मुचुल्कामा मनोमानी लेखाई देखाएको मेरो देश पोस्टमार्टम रिपोर्टमा झुठो देखाएको मेरो देश । ४- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश.... पुलिसले भन्दा पत्रकारले प्रणाण पाउने मेरो देश जनमतले होईन भ्रष्टचारीले चलाउने मेरो देश । ५- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश... अपराधीले नै हत्या भनी भ्रम फिजाउने मेरो देश गुण्डा, भ्रष्टले शासकलाई गिज्याउने मेरो देश । ६- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश... कंगारू होटेलमा लगेर पत्रकार मार्ने मेरो देश निर्दोशलाई हिरासत र जेल थुपार्ने मेरो देश । ७- न्याय मरेको मेरो देश अन्याय बढेको मेरो देश... बोल्न र लेख्न बन्देज गराईएको मेरो देश गुण्डा लगाईएर बोल्न डराईएको मेरो देश । मिन दर्लामीको डायरीबाट साभार

images
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १६:०७:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend