५, भाद्र २०७६
हामीसँग संसारको अग्लो सगरमाथा छ, हिउले सीरक ओडाएका लोभलाग्दा अन्य पहाडहरु प्रशस्त छन् । नदिनाला र ताल तलैयाहरु प्रकृतिको वरदान सहित पाएका छौ। विभिन्न स्थानमा उत्साह प्रदान गर्ने exciting activities जस्तै Mountain biking, bungee jumping, Rock Climbing, Treaking, Paragliding जस्ता क्रियाकलापमा पनि भागलिन सकिन्छ। त्यस्तै नदिनालामा rafting गर्दाको मज्जापनि वेग्लै हुन्छ। तराईका जंङगलमा घुम्दा (Jungle safaris ) को आनन्द र विभिन्न जाती प्रजातिका चराहरु अवलोकन गर्न पाईने यस्तो देश हो भनेर विश्वमा चिनाउन गाह्रो पनि छैन।
हामीसँग धार्मिक पर्यटकीय स्थलहरु पनि धेरै छन् जस्तै विश्वमा हिन्दुहरुको देवताका पनि देवता आराध्यदेव भगवान शिवको मन्दिर पशुपतिनाथ राजधानिमा नै अवस्थित छ। यस्तै विभिन्न कलासंस्कृतले भरीपुर्ण अनगिन्ति मन्दिरका साथै शान्तिका वाहक गौतम वुद्दको जन्मथलो लुम्बिनी पनि नेपालमा नै छ।
यस्ता अनगिन्ति रहरलाग्दा पर्यटक आकर्षणका केन्द्रहरु, संस्कृति र चालचलन हुदाहुदै पनि हामिसँग पर्यटकको लागी अत्यावश्यक भौतिक पूर्वाधारको तयारी पुरा भएको छ की छैन ? यदि सामान्य सुविधा जस्तै स्वच्छ खानेपानी, सफा सौचालय, वाटोघाटो र सर्वसुलव होटलहरु व्यवस्थित गर्न सकिएन भने नकरात्मक असर पर्ने देखिन्छ। ठुला आयोजना त यसै पनि न्युन छन साना काममा पनि विचलन नहोस भन्न चाहन्छु । एयरपोर्टको नामलिदा तर्सिने विदेशीहरुलाई वास्तविकता भन्दा देशकोहितमा केही हुनेगरेर एउटा 'भूपु' भनिएका नेपाली नागरिकले एउटा विदेशीलाई भन्दै गर्दा माथिका आवश्यकता चाहि सरकारले व्यवस्थित गरेको अनुभूति भयो भने एक नेपालीले एक हैन तिनजना पर्यटकहरु नेपाल पठॉउन सफल हुनेछन ।
हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने स्लोगन त अति नै राम्रो छ तर विभिन्न परिस्थिति ले गर्दा स्वदेशमा वस्न नपाएका (मानौ विदेशियका) नेपाली नागरिक लाई भूपु नेपालीको विल्ला भिराउनेहरुले चै कहिले हो माफी माग्ने ? हुन त प्रवासी देशप्रेमी नेपालीहरु एक व्यक्ति विषेशको भनाईलाई लिएर वस्ने छैनौ तर त्यस्ता व्यक्तिहरुले सार्वजनिक रुपमा आत्माआलोचना गरेमा आम विदेशीएका नेपाली मनहरुमा उत्साह वढ्छ भन्ने लाग्छ । हामी हाम्रो तर्फवाट विभिन्न कार्यक्रमहरु गर्न गइरहेका पनि छौ। एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले आफ्नो कार्यकालको पहिलो कार्य नै Visit Nepal 2020 लाई सफल बनाउन सक्दो मेहनेत गर्ने घोषणा गरीसकेको छ। यसै सिलसिलामा यही August 15, 2019 मा नेपाल होम स्टे एशोसियसनका सल्लाहकार शिव श्रेष्ठसँग एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका पदाधिकारीहरुको गम्भीर र महत्वपूर्ण छलफल समेत भएको छ।
देशमा पर्यटक भित्रियाउन हामीसँग भएका बैधानिक संघ संगठनहरुलाई नेपाल सरकारले अनुरोध गर्नु पर्दछ NRN एउटा मुख्य संगठन हो। नेपाल वाहिर रहेका विभिन्न पार्टिका भात्री संगठनहरुलाई पनि आग्रह गर्नु पर्दछ। नेपाल बाहिर रहेका राजदूतहरुलाई त्यहाका स्थानीय संघ संगठनहरुसँग हातेमालो गर्नु पर्नेछ भनेर आदेश नै दिनु पर्ने देखिन्छ । किनकी राजदूतहरुले सवैसँग समदुरी राखेर काम गरेको देखिदैन केही झुण्डसग रहेर रमाउने बानी परेको देखिन्छ । जस्लेगर्दा पर्यटन बर्ष 2020 मा नकारात्मक असर पर्नजान्छ। अत: हामी सवै मिलेर नेपाल सरकार र सरोकार निकायसंग समन्वय गरी पर्यटन वर्ष 2020 लाई सफल वनाऔ।
हामी अगाडी बढिसकेका छौं तपाईहरुको साथ, सहयोग र समर्थनको आशा पनि हामी गर्दछौं ।
(लेखक बराल एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका सचिव हुन् । सम्पादक )
प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार -
१८:३२:३४ बजे