Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हिजो जस्लाई फाले, आज काँध हाले -अस्मित थापा (५ मुक्तकहरू)

हिजो जस्लाई फाले, आज काँध हाले -अस्मित थापा (५ मुक्तकहरू)

सतीश चापागाईं

५, भाद्र २०७६
images
मुक्तक -१ कहिले बाट्छ्न कहिले फाट्छ्न्, लाजै नमानी सानो स्वार्थमा सिद्धान्त साट्छ्न्, लाजै नमानी हिजो जस्लाई फाले, आज उसैलाई काँध हाले यी नेताहरू आफ्नै थुक चाट्छन्, लाजै नमानी । मुक्तक -२ भैंसी पालेर बाख्रा पालेर, जिन्दगी चलेन गिट्टी कुटेर बालुवा चालेर, जिन्दगी चलेन खुन पसिना बेच्नलाई, विदेशिन बाध्य भएँ एउटै दौरा दश ठाउँ टालेर, जिन्दगी चलेन । मुक्तक -३ भोकै बसी मन्दिर जाऊ, कस्ले भन्ला र ? मेरै नामको भजन गाऊ, कस्ले भन्ला र ? यो एक्काईसौँ शताब्दीको, तीजमा पनि, गोडा धोएर पानी खाऊ, कस्ले भन्ला र ? मुक्तक -४ पहाड जस्तो मुद्दा बन्ने भयो तिल, न्यायालयमा आँखामा आँसु हुने भयो टिल्पिल, न्यायालयमा बहुविवाह पीडित ठूलीलाई, न्याय कसरी मिल्ला ? दुई श्रीमतीको धनी रहेछ वकिल, न्यायालयमा ।। मुक्तक -५ बसेको थिएँ भगवानलाई पुकारी, पागलखानामा सुनेछ्न् मनको कुरा भएँ आभारी, पागलखानामा मलाई पागल बनाई जाने, आफै पागल भा'को छ रे अब हाम्रो मिलन हुन्छ बिस्तारी, पागलखानामा । मेलुङ गाउँपालिका -२, दोलखा ।  (अस्मित थापाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १९:५६:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend