Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

चराको गीत (कविता) - कृष्ण प्रसाई

चराको गीत (कविता) - कृष्ण प्रसाई

सतीश चापागाईं

५, भाद्र २०७६
images
  सेतो रंग मन पराउँदैनन् चराहरू, त्यसैले नभन्नु, यो शान्तिको प्रतीक हो । हुल बाँधिएर, खोल्दैनन् चराहरू युद्धको मोर्चा, सन्धि बनाएर आबद्ध हुँदैनन् संगठनमा, र बोक्दैनन् परिचयपत्र, सीमामा बलात्कृत बन्न ।। चराको कलरवमा, ओजोन तह र आतङ्कवादको कुनै बहस हुँदैन, न त सम्पन्नताको बयान ... मानिस झैँ चराहरू, भूगोल छेक्दैनन् सीमा बनाएर, चन्द्रमामा चकोर खोज्दैनन्, सूर्यको गति नाप्दैनन्, न त सम्मानको खातिर कुनै पहिचान नै बदल्छ्न् ... बिना पर्वाह आऊ प्रिय, यिनै चराको गीत गाऊँ ..... .. - झापा, हाल काठमाडौ, अनामनगर । ( कृष्ण प्रसाईको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - २०:००:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend