Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - आकाश थापा

गजल - आकाश थापा

सतीश चापागाईं

५, भाद्र २०७६
images
राखिदिनुहोस् लामो सफर जो बरु उकालो होस् । तर गन्तव्यमा पुग्नासाथ आमाको अङ्गालो होस् । यसकारण आमालाई वृद्धाश्राम छोडेर आएकोछु, म मर्दैछु अब आमाको कोही त धरालो होस् । मेरो संसार अन्धकार बनाइस् भन्यौ र मरेको हुँ, अब मेरो चिताले तिम्रो बस्तिमा उज्यालो होस् । तिमी हाँस्दा लाग्यो मृत्यु बहुत सुन्दर हुँदो रहेछ, मेरा पिता खरानी हुनु भयो अब तपाइको पालो होस् । सानो खेलौना घोडा किनेर नल्याउनु थियो ल्याइहाल्यौ, म चाहन्न हाम्रो छोरा पनि म जस्तै गोठालो होस् । - अर्घाखाँची ।  (आकाश थापाको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - २०:०६:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend