Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -मुना धनन्जय

गजल -मुना धनन्जय

सतीश चापागाईं

६, भाद्र २०७६
images
घाम र पानी ओत्ने छाता बनूँ कि म तिम्रो हर हिसाब राख्ने खाता बनूँ कि म तिम्रो जिन्दगीका सुख दुःख साटफेर गर्न पनि जुनी जुनी दह्रो नाता बनूँ कि म तिम्रो चुहिएमा दिलको घर छाउनु परे छाना टिकाउयुक्त जस्तापाता बनूँ कि म तिम्रो जीनवरूपि किताबका रक्षा गर्न पाना सुरक्षाको कवच गाता बनूँ कि म तिम्रो सुन्दर अनि हराभरा दिलको बाग पार्न फूल सार्ने बारी हाता बनूँ कि म तिम्रो गैडाकोट, नवलपरासी

images
प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - १९:२८:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend