Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रिस उठे नि सुस्त सुस्त बोलिस्यो न राजा भोलि कुरा काट्दै हिँड्छन् सुन्नेहरूले, - अदिती अर्याल ज्ञवाली (५ मुक्तकहरू)

रिस उठे नि सुस्त सुस्त बोलिस्यो न राजा भोलि कुरा काट्दै हिँड्छन् सुन्नेहरूले, - अदिती अर्याल ज्ञवाली (५ मुक्तकहरू)

सतीश चापागाईं

७, भाद्र २०७६
images
मुक्तक -१ बोली वचन भो मलिनो जाने बेलामा देखाइदियौ आशा झिनो जाने बेलामा किन बात लाउँछौ प्रिय आज म माथि पेटमा छोडी गयौ चिनो जाने बेलामा । मुक्तक - २ सपनाहरू यत्रतत्र छरिएको थियो ममाथि ठूलै छल गरिएको थियो नजाने झ‌ैँ नबुझे झैँ गरि बसेँ म गहभरि टिलपिल आँसु भरिएको थियोे । मुक्तक - ३ दु:ख पर्दा छोड्छन् हात आफ्नाहरूले जानी-जानी हान्छन् लात आफ्नाहरूले कसको विश्वास गर्नु र कसको भर पर्नु देखाउँछन् हेर्नुस् औकात आफ्नाहरूले । मुक्तक - ४ नानाथरी जाल बुन्लान् बुन्नेहरूले कानै पनि थुन्न सक्छन् थुन्नेहरूले रिस उठे नि सुस्त सुस्त बोलिस्यो न राजा भोलि कुरा काट्दै हिँड्छन् सुन्नेहरूले। मुक्तक - ५ बाँच्दा पनि मर्दा पनि तिम्रै याद आउँछ दु:ख-सुख पर्दा पनि तिम्रै याद आउँछ के छ त्यस्तो तिमीसँग मनै भुलाइदिने जसले माया गर्दा पनि तिम्रै याद आउँछ । कलेश्वर-१४, काठमाण्डौं । (- अदिती अर्याल ज्ञवालीका मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - १०:३२:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend