Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बचेरै हिँडनुपर्छ, छन् हरेक मोडमा धूर्त ब्वाँसाहरू सिक घाउ छोप्ने कला, नत्र हर मुट्ठीमा दल्ने नून हुन्छ -बिमल झा (५ मुक्तकहरू)

बचेरै हिँडनुपर्छ, छन् हरेक मोडमा धूर्त ब्वाँसाहरू सिक घाउ छोप्ने कला, नत्र हर मुट्ठीमा दल्ने नून हुन्छ -बिमल झा (५ मुक्तकहरू)

सतीश चापागाईं

७, भाद्र २०७६
images
  मुक्तक -१ केही नखरा होस् थोरै मुस्कान पनि साथमा अलिकति रिस होस् झर्केर बस्दा म कहिलेकाहीँ उनको फकाउने कोशिस होस् साथै जिउनुको पनि अनौठो आनन्द आउँछ त्यो बेलामा रिसाई उनी जाउन् घुर्की देखाई, एक बोलावटमा वापिस होस् । मुक्तक - २ रङ्गको पछि नलाग, सबै पहेँलो धातु कहाँ सुन हुन्छ स्वार्थी छ दुनियाँ आज, थाहा हुन्न सही गलत कुन हुन्छ बचेरै हिंडनुपर्छ, छन् हरेक मोडमा धूर्त ब्वाँसाहरू सिक घाउ छोप्ने कला, नत्र हर मुट्ठीमा दल्ने नून हुन्छ । मुक्तक - ३ भन्छन् कोही यो दु:खको सागर गोता बिल्कुलै नलाऊ तिमी कोही भन्छन् यसैमा छ स्वर्ग आऊ डुब र रमाऊ तिमी लड्डु हो यो खाए नखाए जे गरे नि पछुताउनु पर्ने नखाएर भोकै बस्नु भन्दा त खाएरै पछुताऊ तिमी । मुक्तक - ४ दुई कदम अघि बढ्न एक कदम पछि सार्न सिकायो महत्वपूर्ण जीत हासिल गर्न केही खेल हार्न सिकायो हिँड्न मुश्किल गरायो मेरो बाटोमा खाल्डोहरू खनी गुरु मानेँ सब बाधालाई जसले छलाङ मार्न सिकायो । मुक्तक - ५ सादा कागज पनि मोहक बन्न पुग्छ केही रङ्गले केर्ने हो भने पराई आफन्तमा बदलिन्छ अङ्गालोमा मायाले बेर्ने हो भने दृष्टि अनि दृष्टिकोणको नै दोष हुन्छ केही कुरा नराम्रो देख्नुमा सिनो पनि सुन्दर देखिन्छ हजुर गिद्धको नजरले हेर्ने हो भने ।   नखिपोट ललितपुर - १४ हाल : नेपालगञ्ज । (- बिमल झाका  मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - १०:४७:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend