Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हे मेरो सरकार ! -अनिल आचार्य 

हे मेरो सरकार ! -अनिल आचार्य 

सतीश चापागाईं

७, भाद्र २०७६
images
नेपाल भ्रमण बर्षको शुरुवात हुनै लाग्दा देशको अवस्था देखेर केहि लेख्न मन लागेर यो लेख लेख्दैछु । हुन त म अहिले बिदेशमा छु तर यो रमझम र झिलिमिली सहरबाट मेरो देशको दुर्गति बेथिति देख्दा केहि लेख्न मन लाग्यो । नलेखीरहन सकिन । "विलासिताको सामानप्रति उपभोक्ताको आकर्षणले देशको अर्थतन्त्र दिन प्रतिदिन खस्किदै" यो सब्दावाली आजभोली नेपाली अर्थतन्त्रमा बेला बखत चर्चामा आइनै रहने गर्दछ ! तर किन ? के यो अहिलेको २१ औ सताब्दीमा पनि यातायातको साधन प्रयोग गर्नु बिलासिता हो ? यदी होइन भने भारतमा पचास हजार भारु पर्ने मोटरसाइकलको मुल्य नेपालमा नेरु दुई लाखसम्म पर्नु के यो नेपाली जनताप्रतिको खेलवाड होइन ? मेरो विचारमा यदी सरकारले सवारीको उद्ध्योग  संचालन वा प्रोत्साहन गरि जनतालाई बिकल्प दिन सक्दैन भने त्यो सरकारलाइ भन्सार मार्फत जनताको ढाड सेक्ने अधिकार पनि छैन । कहिलेकाही  ट्राफिक प्रहरीद्वारा सार्बजनिक रुपमा भन्ने गरेको पाइन्छ, 'गत आर्थिक वर्षमा बिना अनुमति चालक-पत्र सवारी गर्नेहरुलाई लक्षित गरि छड्के जाच गर्दा देशभरी नै १ करोड जरिवाना उठाउन सफल।' यसमा धेरैजसो मोटरसाइकल चालक नै पर्ने गरको पाइन्छ र उनीहरु कहिले अनुमति चालक-पत्र को परीक्षा मिति जारी होला भनेर लामो समयदेखि नै यातायात बिभागको मुख ताकेर बसेका  हुन्छन । तर, सरकारले त्यसतर्फ पनि दिर्घकालिन सोच राखेको पाइदैन । तसर्थ सरकारले मोटरसाइकल जस्ता अति उपयोगी साना सवारी साधनलाई तुरुन्तै बिलासिताको क्याटगोरीबाट निकाली बर्षभरी नै अनुमति चालक-पत्र परीक्षा दिन पाउने व्यवस्था गर्न अति आवस्यक  छ । नेपालको ट्राफिक समस्या देख्दै दिक्दार लाग्दो छ । सरकारले सन् २०२० लाई पर्यटन बर्ष भनेर घोषणा गरेको छ । यो पाराले कसरी हामीले लाखौँ पर्यटकलाई ल्याउन सकौंला ? आएका पर्यटक पनि कुन भावना लिएर फर्कने हुन् ? तिनीहरुको दिमागमा नेपालको चित्र कस्तो बन्छ होला ।सम्झदा पनि उदेक लागेर आउछ । हे मेरो सरकार ! पहिला सडक सफा गर । पहिला राजधानी धुलो मैलो रहित बनाउ । अनि अरु योजना ल्याउ । नत्र कागजमा मात्र कति घोडा दौडाउने ? कुरा मात्र ठुला गर्ने, काम फुट्टी नगर्ने परिपाटीले देश चुर्लुम्म डुब्यो । अब त अलिकति चेत पलाओस, मेरो सरकार ! तुलसीपुर, दाङ्ग हाल: साउदी अरब

images
प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - १९:१७:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend