Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

दुरूत्साहन भनेको के हो ? - भगवान भण्डारी

दुरूत्साहन भनेको के हो ? - भगवान भण्डारी

सतीश चापागाईं

११, भाद्र २०७६
images
  एउटा अनपढ बुहारी जसलाई घरमा सिमीत् घेरा भित्र राखेर अत्याचार गरिन्छ जस्लाई न्याय माग्न कहाँ जाने भन्ने कुरा समेत थाह हुँदैन । माईतीसँग या कसैसँग भन्यो भने पनि ईजत जाला भन्ने डरले कसैसँग बोल्न नसकेर या अर्को बिकल्प नदेखेर भित्रै पिडा लुकाएर अत्याचार सहेर बस्छन् र । त्यस्को फाईदा उठाउँदै अझ अत्याचार, दमन हुन्छ र आत्महत्या भन्दा अर्कोबाटो देख्दैनन् त्यहाँ लागु हुन्छ दुरूत्साहन। अथवा जागीर दिईरहेको मालिकले यसले म बाहेक अन्त जागिर पाउँदैन भन्ने कुरा बुझेर त्यस्लाई अत्याचार गर्यो भने उस्ले आत्महत्याभन्दा अर्को बिकल्प देख्दैन र आत्महत्या गर्छ भने त्यहाँ लाग्ला दुरूत्साहनको कानुन। अनि यस्तै अन्य...| तर एउटा स्वतन्त्र पत्रकार जस्ले अरूको दर्जनौँ अन्यायका मुद्दा उठाउँदै राष्ट्रीय टिभीहरूमा आफैँ समाचार बनाएर खुल्ला बहस् चलाएको छ, त्यस्ले आफु माथि अन्याय गर्दा उजुर गर्ने, अथवा न्याय माग्ने ठाउँ देख्दैन होला? अथवा आत्महत्या नगरी नहुने अवस्थामा पुग्यो होला? डेढ लाख कमाई हुने कन्सल्टेन्सी चलाएको मान्छेलाई १५ हजारको जागिर खान तँ जानै पर्छ भनेर अपहरण गरेर घोँक्र्याएर लगेको हो? हो भने उ क्यामरा बोकेर हिन्दा ति अपहरण सैलीमा घोँक्र्याउनेलाई किन मुद्दा हालेन?? अनि त्यै कुरा पत्याएर पुरै राज्य सँयन्त्र एउटाको पछाडी दुगुर्ने ??कठै हाम्रो देशको कानुन । यदि रबिले कब्जा मै राखेको हो भने, एक मैनासम्म अर्को टिभिमा काम गर्दा न्यायको ढोका हान्न कस्ले छेक्यो ? त्यो चितवनतिर जाने साटो हनुमान ढोका गएर न्याय किन मागेनन् ? यावत कुराहरू केहि नसोँची सिधै रवि पट्टि तिर हानेर ५ लाख धरौटीमा छोड्दा यस्मा राज्यको षड्यन्त्र छैन भनेर कसरी पत्याउने? अनि त्यही केशमा बराबर आरोप लागेका युबराजलाई ३ लाख धरौटी र रबिलाई ५ लाख कसरी भयो ? प्रथम :- क्यामरा बोकेर न्यायको पक्षमा स्वतन्त्र रूपमा जहाँ सुकै हिड्न सक्ने पत्रकारलाई कसैले दुरूत्साहन गर्यो भन्ने कुरा नै अपत्यारिलो हो। दोश्रो : पुडासैनीले रबिका बिषयमा भनेका लगभग सबै कुरा गलत भएको प्रमाणित भैसकेपछि उनिबट धरौटी लिएर निश्चित मापदण्ड र परिधि तोकेर मात्रै छोड्नु नै राज्यको षड्यन्त्र हो भन्ने मेरो सोझो बुझाई छ।

images
प्रकाशित मिति :भाद्र ११, २०७६ बुधवार - १०:०५:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend