Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गज़ल -कोमल भट्ट

गज़ल -कोमल भट्ट

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  न त जिन्दगी सुखदायक भो न प्रसिद्धि पाउन लायक भो गिजले सधैँ सपना सबले परिकल्पना खलनायक भो कविता रचेँ जनजीवनका विरहाग्निले दिल गायक भो वय ढल्कियो मधुमास ढले जलवायु नै असहायक भो मन खुम्चियो रसराग हुँदै तन वृद्धको परिचायक भो कसरी पुगौँ प्रिय सामु अब घर आँगनै त अपायक भो सबथोक रैछ यहाँ नियति निज मात्र उच्च विधायक भो - च.न.पा.-१३ ,काठमाडौँ हाल : न्युयोर्क,अमेरिका । कोमल भट्टको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २२:३१:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend