Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कानुन (लघुकथा) - सुधीर कुमार 'सुमन'

कानुन (लघुकथा) - सुधीर कुमार 'सुमन'

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  "श्रीमतीले आत्महत्या गरिन् रे । होटलमा उसैको नाठो सहित फेला परेकी रे ।" काम गर्दा-गर्दै आमाले रुँदै फोन गरिन् । वैदेशिक रोजगारीमा गएको रामे आफ्ना लालाबाला सम्झेर भक्कानियो । सुपरभाइजरसँग जान-पहिचान राम्रै थियो । राम्रो काम गर्ने भनेर म्यानेजरको आँखामा पनि परिरहेको हुनाले पर्सिपल्टै बिदा मिलाएर पिलेन चढ्यो रामे ।हाविजहाजमा बस्दा पनि कैँयौ पटक घर सम्झियो, आफ्ना कलिला बालबच्चा सम्झियो । दिवंगत श्रीमतीको अनुहार सम्झियो । आफूले उसलाई गरेको माया सम्झियो । जे माग्यो त्यही पुर्याइदिएको सम्झियो । उसका मानसपटलमा बिहे भएका दिनदेखि आजसम्मका घटना परिघटना झलझली आइरह्यो । आफूबाट कुन समयमा र कहिले गल्ति भयो, श्रीमतीलाई उसले के पुर्याउन सकेन र नाठोसँग सल्किइ । आत्महत्या गर्न कसरी बाध्य भई । यस्ता यस्तै कुराहरु खेल्न थाल्यो । जहाजबाट ओर्लिसक्दा पनि ऊ गहिरो घाउको रनाहामा परेको जस्तो देखिन्थ्यो। एअरपोर्ट बाहिर निस्किएर ट्याक्सी खोज्दा-खोज्दै प्रहरीको गाडी आइपुग्यो । गरर ओर्लिएका प्रहरीहरूले उसलाई डोकोले कुखुरा छोपे जसरी झपक्क छोपे । "तपाई हामीसँग हिँड्नुस त । मेरो श्रीमानले म र मेरो प्रेमको बीचमा बाधा पुर्याएको हुनाले हामी दुई जना आत्महत्या गरेका हौँ भन्ने तपाईंको श्रीमतीको भिडियोको आधारमा तपाईंलाई गिरफ्तार गर्नु भन्ने माथीको आदेश छ ।" - गाउँशहर, लमजुङ्ग । (सुधीर कुमार 'सुमन'को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २२:३७:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend