Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

न टेक्ने न समाउने कस्तो हो जलथल- शारदा घिमिरे भैल (५ मुक्तकहरू)

न टेक्ने न समाउने कस्तो हो जलथल- शारदा घिमिरे भैल (५ मुक्तकहरू)

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  मुक्तक - १ उफ्रन्छन् स्याल बाघ नदेखेर रहेको शिकार भाग नदेखेर ब्वाँसो गिद्ध अझै आसपास निच्याउँदै हरे गाँस नदेखेर । मुक्तक - २ कहिलेकाहीँ अनुमान गलत हुनसक्छ लुकाएको यहाँ घाउको खत हुनसक्छ भन्नेहरू नसोचेको यसरी भनिदिन्छन् पीडा अागो जस्तै भतभत हुनसक्छ । मुक्तक - ३ अाफै मात्र जान्ने अाफै ठूलो रहेछ अाँखामा परेको उसको फुलो रहेछ अाफ्नै मात्र दुना कति मात्र सोझ्याउने जता नि लान मिल्ने नदीको कुलो रहेछ । मुक्तक - ४ मानव बस्तीमा मानवता हराएको छ सधैँभरि त्रास-भयले मन डराएको छ अाफ्नै छायाँको पनि विश्वास लाग्दैन अाफू अाफै एककोहोरो कराएको छ । मुक्तक - ५ बाढीले बस्तीहरू सारा बगाएर लग्यो सन्दुकभित्रका पत्र प्यारा बगाएर लग्यो न टेक्ने न समाउने कस्तो हो जलथल सम्हालेका यादको सहारा बगाएर लग्यो । बनेपा न. पा .- ५ काभ्रे । ( शारदा घिमिरे 'भैल'का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २२:४५:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend