Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युगको अर्थहीन अनुहार (कविता) - नैना सुब्बा बराईली

युगको अर्थहीन अनुहार (कविता) - नैना सुब्बा बराईली

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  खै कस्तो युग यो ! चमत्कार देखेर प्रफुल्लित हुँदा-हुँदै चित्कार सुन्नु पर्ने क्या राम्रो भनी प्रशंसा गर्दा गर्दै घृणाले दुत्कार्नु पर्ने आँखामा राखुँ भन्दा-भन्दै आँशुको समुद्र हुने, आश गर्दा-गर्दै संन्त्रासमा पर्नु पर्ने, फूल फुलेका डालीहरूमा बारुद गन्हाउँछ ‘वसुधैव कटुम्बकम्’ लेखिएका शब्दहरू... छरपस्ट भुइँभरि झर्छन् न गण मिल्छ न मन मिल्छ न सत्संग मिल्छ, चारैतिर दनदन् आगो उफ ! यहाँ हावा पनि ज्वालाको लप्का बोकेर बहन्छ, हेर त आकाशमा पनि छेकाबार पातालमा पनि काँडेतार कुलेसो, जस्केलो, सिकुवा, भऱ्याङ खोला, खोल्सा, झरना सबैतिर लक्ष्मन रेखा, हो साथी, सूर्य डुब्दैछ यहाँ चक्रव्यूहमा परेर प्रत्येक दिन अनगिन्ति अभिमन्यूहरू मर्छन् चीरहरणमा परेर अनगिन्ति द्रौपदीहरू दूराचारको शिकार हुन्छिन् कस्तो शहर यो ! गुफा गुफाबाट मान्छेकै पछि रक्तपिपासु बनेर मान्छै नै कुदिरहेछ पोथ्रा-पोथ्री र झाडीभित्र लुकेर राता-राता आँखा ओछ्याएर एकटक शिकार पर्खिरहेछन् नरभक्षीहरू, कुन युगको यी गुफाहरू ? कुन युगको बन जङ्गलहरू अझै फाँडिएकै छैनन् कि सम्वेदना र मानवताको लाश लुछ्दैछन् भोका गिद्धहरू। - नयाँ दिल्ली, भारत । ( नैना सुब्बा बराईलीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २३:३३:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend