Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा बनेको यस बर्षको तीज गीत (भिडियो सहित )

अमेरिकामा बनेको यस बर्षको तीज गीत (भिडियो सहित )

सतीश चापागाईं

७, भाद्र २०७५
images
अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली समाजको हीतमा कृयाशिल ब्यक्तित्व लक्ष्मी खरेल थापाको स्वर रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तीजकै भाखामा तयार पारीएको यो गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन भने नरेन्द्र प्यासीले संगीत भरेका हुन ।   क्यालिफोर्नियाको बे एरियामा नै छायान्कन गरिएको यस गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्रका परीचित निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशान गरेका छन भने डान्सको जिम्मा रीमा रे ले सम्हालेकी छीन् ।     सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको यस भिडियोमा नेपाली चलचित्रकि चर्चित अभिनेत्री अशिश्मा नकर्मीले मोडलिङ गरेकी छीन् ।   बे एरियामा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ सन्चालित ‘धार्मिक महोत्शब ‘ को plus977अवसरमा बाचन प्रबिण पन्डित दीनबन्धु पोखरेलले यस गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो ।     सम्पूर्ण रुपमा बे एरियामा नै निर्माण गरिएको यस गीत र भिडियोले हरितालिका तीजमा देश बिदेशमा छरिएर रहेका नेपाली महिलाहरुलाई नचाउनेमा गायिका खरेल बीस्वस्त देखिन्छन । नवोदीत गायिका लक्ष्मी खरेल थापालाई साफलताको शुभकामना ।     गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=M7DYyQ8P-C4

images
प्रकाशित मिति :भाद्र ७, २०७५ बिहिवार - १८:११:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend