Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - सुप्रिम आँसु

गजल - सुप्रिम आँसु

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  डाली डालीमा फुल भएको बिर्सियौ र कुनै दिन ठूलो भुल भएको बिर्सियौ र धर्मको कुरा त पुर्खाहरूले सिकाएर गए हाम्रो साँच्ची आफ्नो कुल भएको बिर्सियौ र मायाको कथा के हो ?महादेव र सतिलाई हे र आँसु आँखाबाट छुल छुल भएको बिर्सियौ र तिम्रो लागि के गरिन मैले सक्ने जति छुच्चि, पौषमा घाम भाद्रमा झुल भएको बिर्सियौ र तिमी पारी म वारि बिचमा कालीगण्डकी थियो कहिले तुइन कहिले पुल भएको बिर्सियौ र तिर्खा लागेर तिम्रो अनुहार बदलिएको थियो खडेरीमा पनि चिसो मुल भएको बिर्सियौ र प्रेम दिवसको हल्ला चल्दै थियो एकादेशमा ? मबिना तिमी पनि खाली नुल भएको बिर्सियौ र - खत्याड गाउँपालिका -११ रातापानी (लुई) मुगु हाल : बगनासकाली - १ पाल्पा (सुप्रिम आँसुको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २३:४८:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend