Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

यस्तै बरालिन्दो मन (कविता) - अर्जुन शर्मा निरौला

यस्तै बरालिन्दो मन (कविता) - अर्जुन शर्मा निरौला

सतीश चापागाईं

१२, भाद्र २०७६
images
चरक्क चर्कियो भदौरे घाम । आङ सेकाई रहेछु म निलो गगनमा झितिजपारी कपास झैं सेताम्मे बादलहरू मन उड़िरहेछ फुरुङ्ग बादल चुम्न दौड़िरहेछ फर्कि आउन भ्याउॅछ भ्याउनन् यी मनहरू ।। चर्के घामको दर्के पानी।। रमाई रहेछन् चराचर यावत कोईली कुहु कुहु बोलिरहेछ बर्षा पछिका घामहरूमा खोलो भाका फेरिरहेछ खलङलङलङ्ग खलङलङलङ्ग ...... म रमाइरहेछु यी छहराहरूसित हो म बेहद प्रेम गर्छु प्रकृति तिमीलाई भोली पनि आउॅनु है तिमी सुनौलो बिहानी लिएर पर्खि रहुॅला यी भन्ज्याङ्गहरूमा तिम्रो आगमन कुरेर । - गीतखोला, दार्जिलिङ्ग, भारत । (अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २३:५१:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend