Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बाध्यता (कविता) - अप्सरा सुनार

बाध्यता (कविता) - अप्सरा सुनार

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  हर रात तड्पिएरै खुशी बटुल्ने नयनभरी पीडा बटुलेर जिउनुको यथार्थता बल्ल बुझ्दैछु । मैले पनि नबोकेको होइन हर बिहान किताबका ठेलीहरू डिग्री सर्टिफिकेट बोकेर हर दिन भौतारिएँ यही माटोमा अामाको खुशी किन्न सक्छु कि भनी तर बाध्य भएँ सर्टिफिकेट दराजमा थन्क्याएर राहदानीमा अाफूलाइ बेच्न मरुभूमिको चर्को घाममा उसिनिँदै रगत र पसिना बेच्दै अामाको लागि एक जोर फरियाको साथमा एक घान मुस्कान किन्नु छ बाबाको फाटेका कमीजले मेरो प्रतीक्षा गर्दैछ मेरी सानीलाई एक चिम्टी सिन्दुर पनि किन्नु छ तर डर लाग्छ भर्खरै सँगै सुतेको साथी बिहान निदाइरह्यो कहिले नबिउझने गरि गएको हप्ता चर्को घामले खायो गुल्मीको जवानलाई कतै मेरा सपनाहरू पनि कहिले नबिउझने गरि निदाए भने कसरी मन थाम्लिन मेरो प्रियले अामा जिउँदो लाश हुनेछिन् कतै जहाजभरी सपना बोकी अाएको म बाकसभरी फर्क पर्ने हो कि ? यस्तै छ परदेशीको पीडा यस्तै छ परदेशिको बाध्यता वेदनाभित्र मुस्कान उजादिएका छन् खुशीमा खडेरी लागेका सपनाका काँडाले घोचेरै मारिदिन्छ । - थाक्रे -१० धादिङ । (अप्सरा सुनारको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २३:५५:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend