Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साउदीमा भब्य रुपमा तीज कार्यक्रम सम्पन्न

साउदीमा भब्य रुपमा तीज कार्यक्रम सम्पन्न

सतीश चापागाईं

१३, भाद्र २०७६
images
अनिल आचार्य साउदी अरब नेपाली महिलाहरुको महानपर्ब हरितालिका तिज को अबसरमा NRNA साउदीको आयोजनामा दम्माम स्थित अलखयाम रेस्टुरेन्टमा तिज बिशेष कार्येक्रम भब्य रुपमा सम्पन्न भयो । विभिन्न संघ संस्थाका साथीहरुको उपस्थितिका साथै नेपाली कुटनीतिक नियोग की दित्तीय सचिव श्रीमती तारा गौतम, आइसीसी मध्य-पुर्ब महिला उप-सयोजक यास्मिन बेगम सैयद, लगायत एन सी सी साउदी कि उपाध्यक्ष श्रीमती उषा के सी लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो भने एन सी सी साउदी अरब कि महिला संयोजक श्रीमती रबिना अर्याल ले कार्यक्रम संचालन गर्नु भएको थियो । यस अवसरमा आइसीसी सदस्य राजेन्द्र अर्याल, आइसीसी बिधान संसोधन समिति सदस्य धर्म के सी, एनसी साउदीका बर्तमान अध्यक्ष नारायण पासवानका साथै एनसीसी साउदीका सस्थापक सदस्य बिरेन्द्र चौधरी, ओम घले तथा एनआरएनए साउदीका संरक्षक पुरुषोत्तम श्रेष्ठ लगायत दमाम स्थति किङ्ग फहाद युनिभर्सिटीका प्राद्यापक ड़ा. शंकर कुवंरको पनि उपस्थिति थियो ! कार्यक्रम नेपाली रास्ट्रिय गानबाट सुरु गरिएको थियो भने, सम्पूर्ण दिदि बहिनीहरुको नाचगानबाट कार्यक्रम समापन गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - १२:१८:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend