१३, भाद्र २०७६
मुक्तक -१
काटे पनि शत्रुले हाम्रो कुरा अगाडि बढ्नुपर्छ,
बलबुद्धि सबै लगाएर पूरा अगाडि बढ्नुपर्छ,
मान्छेले मान्छेको,कुरा काट्न छोड्दैनन् कहिल्यै,
सुरु गरेको काम नछोडी अधुरा अगाडि बढ्नुपर्छ।
मुक्तक -२
ढाँटेर,चोरेर बदनामी हैन्, बाँच्नुहोस दानी बनेर,
सबैले पिउने कलकल, शुद्ध मीठो पानी बनेर,
के लगेर जानेछौँ र ? यो पृथ्वीबाट हामीले यहाँ,
एकदिन यो ज्यान पनि सकिनेछ खरानी बनेर ।
मुक्तक -३
गरिबहरू झनै ग रिब हुँदैछन् हाम्रो नेपालमा,
धनीहरूले आकाश छुँदैछन् हाम्रो नेपालमा,
नातावाद कृपावादले,योग्यता भा'का पछीपरे,
दक्ष मान्छेहरू,चिच्याउँदैछन् हाम्रो नेपालमा ।
-मुक्तक -४
गरिबहरू झनै गरिब हुँदैछन् हाम्रो नेपालमा,
धनीहरूले आकाश छुँदैछन् हाम्रो नेपालमा
नातावाद कृपावादले,योग्यता भा'का पछीपरे,
दक्ष मान्छेहरू,चिच्याउँदैछन् हाम्रो नेपालमा।
मुक्तक -५
मान्छे-मान्छे हामी एकै हौं,के फरक छ र ?रगतमा,
तँ सानो-ठूलो भन्दै किन गर्छौ, भेदभाव फगतमा,
मान्छे ठूलो दिमागले हुन्छ जातले हुँदैन कहिल्यै,
भगवानका सृष्टि मात्र हुन् जात,नर-नारी जगतमा ।
गौमुखी गाउँपालिका -६ प्यूठान
(रबिन श्रीपालिका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार -
१८:५५:४० बजे